मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

यो प्रश्न जसले गेब्रियललाई दिलायो मिस युनिभर्सको ताज

आइतबार, ०१ माघ २०७९, १३ : २४
आइतबार, ०१ माघ २०७९

यस वर्षको मिस युनिभर्सको उपाधि अमेरिकाकी आर बोनी गेब्रियलले जितेकी छिन् । अन्तिम चरणमा भेनेजुएला र डोमिनिकन रिपब्लिकका सहभागीलाई पराजित गर्दै उनले यो ताज जितेकी हुन् । यो ७१ औं मिस युनिभर्स प्रतियोगिता थियो, जुन शनिबार अमेरिकाको लुइसियाना राज्यको न्यू अर्लिन्स सहरमा भएको थियो ।

यस प्रतियोगितामा करिब ९० जना प्रतियोगीले भाग लिएका थिए जसलाई व्यक्तिगत अन्तरवार्ता र विभिन्न विधाको प्रक्रियाबाट छनोट गरिएको थियो । तर, यी प्रतियोगीमध्ये तीन जना मात्रै अन्तिममा पुग्न सके । यसमा अमेरिकाबाहेक भेनेजुएलाकी अमान्डा डुडामेल र डोमिनिकन रिपब्लिककी एन्ड्रिना मार्टिनेज रहेका थिए। भेनेजुएलाकी अमान्डा डुडामेल दोस्रो र डोमिनिकन रिपब्लिककी एन्ड्रिना मार्टिनेज तेस्रो भइन् ।

अन्तिम चरणमा, तीनै सहभागीहरूलाई एउटै प्रश्न सोधिएको थियो। 

प्रश्न थियो- यदि तपाई मिस युनिभर्स बन्नुभयो भने, यसलाई बलियो र प्रगतिशील संस्थाको रूपमा देखाउन कसरी काम गर्नुहुन्छ?

गेब्रियलले जवाफ दिइन् - म यसलाई परिवर्तनकारी नेताको रूपमा प्रयोग गर्नेछु। १३ वर्षको लागि एक भावुक डिजाइनरको रूपमा, म राम्रोको लागि फेसनको प्रयोग गरेकी छु । प्रदूषण कम गर्न सकियोस् भनेर रिसाइकल सामग्रीबाट कपडा बनाउँछु । म महिलाहरूलाई सिलाई तालिम दिन्छु ताकि उनीहरू मानव बेचबिखन र घरेलु हिंसाबाट बच्न सकून् ।

म यो भन्दैछु किनभने यो अरूलाई फिर्ता दिन, समुदायलाई, र फरक बनाउन आफ्नो कौशल प्रयोग गर्न महत्त्वपूर्ण छ। हामी सबैमा केही न केही विशेष छ र जब हामी यी बीउहरू अरूमा छर्छौं, हामी तिनीहरूलाई पनि परिवर्तन गर्छौं र परिवर्तनद्वारा नै त्यसलाई प्रयोग गर्छौं।’

तीनै सहभागीहरुलाई एउटै प्रश्न सोधियो र तीनै जनाले फरक फरक जवाफ दिए । एकको जवाफको क्रममा अर्कोलाई उनको कुरा सुन्न दिइको थिएन ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप