आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विमान दुर्घटनामा तीन डाक्टरको मृत्यु

आइतबार, ०१ माघ २०७९, २० : ३९
आइतबार, ०१ माघ २०७९

काठमाडौंँ । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा १० महिने शिशुसहित एक डाक्टर दम्पत्तिको पनि मृत्यु भएको छ । यस्तै अर्का डाक्टरको पनि मृत्यु भएको नेपाल चिकित्सक संघले जनाएको छ । 

दुर्घटनामा डा.सुशिल श्रेष्ठ तथा  डा.शोना दिवाकर र उनीहरुको  १० महिने शिशुको मृत्यु भएको संघले जनाएको छ । यसैगरी डा.गणेश थापाको पनि मृत्यु भएको हो ।  संघले दुर्घटनामा परी उनीहरुको असामयिक निधन भएकोमा  स्तब्ध भएको विज्ञप्तिमार्फत  छ ।

यो अपुरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै संघले दुर्घटनामा दीवंगत चिकित्सकहरुको असामयिक निधनले नेपालको चिकित्सा क्षेत्रका उज्जवल नक्षत्र गुमाएको उल्लेख गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप