आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
समाचार

विमान दुर्घटना अपडेट : सशस्त्रका गोताखोरले एउटा शव पानीबाट निकाले

३ जनाको अवस्था अझै अज्ञात
सोमबार, ०२ माघ २०७९, १५ : ३८
सोमबार, ०२ माघ २०७९

काठमाडौँ । यती एयरलाइन्स प्रालिको ९–एन एएनसी एटिआर–७२ विमान दुर्घटनामा स्थलमा सशस्त्र प्रहरीका गोताखोर परिचालन गरिएको छ । पोखरास्थित सेती नदीमा पसेर गोताखोरले एउटा शव निकालेका छन् ।

वेपत्ता ४ जनामध्ये एकजनाको शव सेती नदीको पानीमा भेटिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले रातोपाटीलाई बताए । दुर्घटनामा परेका ३ जनाको अवस्था अझै अज्ञात छ । सेतीको पानीमा सशस्त्र प्र्रहरी बलका गोताखोरले खोजिरहेका छन् ।

पानीबाट निकालिएको शव सशस्त्र प्रहरीले गण्डकी अस्पतालमा पठाउने तयारी गरिरहेको छ । दुर्घटनास्थलमा ३ जना गोताखोरसहित १५ जना विपद् व्यवस्थापन तालिम प्राप्त टोली कुरिनटारबाट दुर्घटनास्थलमा पठाएको सशस्त्र प्रहरी बलका प्रवक्ता (एसएसपी) पुरुषोत्तम थापाले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप