आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
समाचार

शव लिन सेनाको हेलिकप्टर पोखरामा

सोमबार, ०२ माघ २०७९, १६ : ४९
सोमबार, ०२ माघ २०७९

काठमाडौँ । यती एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकाहरूको शव लिन नेपाली सेनाको एमआई १७ हेलिकप्टर पोखरातर्फ  पठाइएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार एक विज्ञप्तिमार्फत मृतकका आफन्तले पोखरामै बुझ्न नसक्ने बाँकी शव काठमाडौँ ल्याउन लागिएको हो । 

‘पोखरामा शव बुझ्न चाहने आफन्तजनलाई पोस्टमाटम पश्चात् शव बुझाउन सुरु गरिएको छ । बाँकी मृतक यात्रुहरूको शव पोखराबाट काठमाडौँ ल्याउनका लागि नेपाली सेनाको एमआई १७ हेलिकप्टर पोखरातर्फ पठाइएको छ’, क्यानको विज्ञप्तिमा भनिएको छ । 

विमानमा चालकदलका सदस्यसहित ७२ जना सवार थिए । जसमा महिला २५ जना, पुरुष ३७, बालक ३ र शिशु ३ जना थिए । आइतबारको दुर्घटनामा हालसम्म ६९ जनाको शव फेला परिसकेको छ भने ३ जना अझै बेपत्ता छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप