सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशसभाः ५ अध्यादेश स्वीकृत

सोमबार, ०२ माघ २०७९, १८ : १६
सोमबार, ०२ माघ २०७९

मकवानपुर । बागमती प्रदेशसभाबाट ५ अध्यादेश स्वीकृत भएको छ । सोमबार बसेको प्रदेशसभाको बैठकमा प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पेस गरेका ५ अध्यादेश सर्वसम्मतले स्वीकृत भएको हो ।

प्रदेशसभाबाट प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९, स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९, प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश २०७९, प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९ र प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धी अध्यादेश २०७९ सर्वसम्मत स्वीकृत भएको छ ।

ती अध्यादेशहरू गत पुस १८ गते बसेको प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठकमा संसद्मा पेस भएको थियो । प्रदेश सरकारले संसद् बैठक अवरुद्ध भएको बखत गत भदौ १ गते प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९, स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९ ल्याएको थियो भने गत असोज १२ गते प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश २०७९, असोज ३० गते प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धी अध्यादेश २०७९ र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९ जारी गरेको थियो ।

प्रदेशसभा बैठकबाट सरकारलाई ती अध्यादेशलाई ऐनका रूपमा मान्यता दिन प्रतिस्थापन विधेयक ल्याउन बाटो खुला भएको छ । स्वीकृत भएसँगै सरकारले सोही अध्यादेशलाई प्रतिस्थापन विधेयक ल्याएर संसद्मा छलफल गरी कानुन निर्माण गर्नुपर्ने हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप