सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मन्त्रीको सूची फाइनल गर्न राति १० बजेसम्म बालुवाटारमा बैठक जारी

सोमबार, ०२ माघ २०७९, २१ : ५९
सोमबार, ०२ माघ २०७९

काठमाडौँ । सत्ता साझेदार दलको बैठक करिब ४ घण्टादेखि जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रीको सूची फाइनल गर्नेदेखि गठबन्धनभित्र भागबण्डाको विषयमा छलफल चलिरहेको हो । राति १० बजेसम्म बैठक जारी रहेको हो भने आज सबै विषय टुंग्याएर भोलि मन्त्रिपरिषद् विस्तारको प्रयासस्वरुप छलफल चलिरहेको बताइएको छ । 

बैठकअघि एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री प्रचण्डबीच लामो छलफल भएको थियो । उक्त छलफलमा मन्त्रीहरुको भागबण्डा मिलेको बताइएपनि बालुवाटार समेत लम्बिएको हो ।  प्रधानमन्त्री प्रचण्डले पुस २६ मा विश्वासको मत पाएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिएर कामलाई तिव्र बनाउन चाहेका छन् । सोहीअनुसार उनले पछिल्लो समय साझेदार दलबीच सहमति जुटाउन दौडधूप तीव्र पारेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप