आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विमान दुर्घटनामा मृत्यु भएका डा.गणेश थापाको शव परिवारलाई हस्तान्तरण

अहिलेसम्म ३ जनाको शव हस्तान्तरण
सोमबार, ०२ माघ २०७९, २३ : ०२
सोमबार, ०२ माघ २०७९

काठमाडौं । यती एयरलाइन्स प्रालिको ९–एन एएनसी एटिआर–७२ विमान दुर्घटनामा ज्यान गुमाएका डा.गणेश थापाको शव परिवारलाई हस्तान्तरण गरिएको छ । गण्डकी अस्पतालमा पोष्टमार्टम गरेर डा. थापाको शव परिवारलाई बुझाइएको कास्कीका एसपी अजय केसीले रातोपाटीलाई बताए ।

रुपन्देहीको बुटवल घर भएका थापा पोखरास्थित ब्रिटिश वेलफेयर अस्पतालमा कार्यरत थिए । ३६ वर्षीय थापाले चिनको जिनिङ मेडिकल युनिभर्सिटीबाट एमबीबीएस गरेका थिए । उनले अष्ट्रेलियाबाट एमपीएच अध्ययन गरेका छन् ।

आइतबार पोखरास्थित सेतीको खोंचमा विमान दुर्घटना हुँदा ज्यान गुमाएका थापाले यसअघि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लानट सेन्टर र वीरेन्द्र सैनिक अस्पतालमा पनि काम गरेका थिए । विमान दुर्घटनामा मृत्यु भएका ६९ जनाको शव भेटिएको छ । ३ जनाको शवको टुक्रा मात्रै फेला परेको र खोजी कार्य जारी रहेको कास्कीका एसपी केसीले जानकारी दिए ।

अहिलेसम्म पोखरा–१३ मियापाटन घर भएका सदाकत अलिमिया, पोखरा महानगरपालिका–११ फुलवारी घर भएका पत्रकार त्रिभुवन पौडेल र डा. थापाको शव परिवारलाई बुझाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप