विमान दुर्घटनाबाट ज्यान गुमाएकाप्रति लुम्बिनीमा श्रद्धाञ्जली (तस्बिरहरू)
मङ्गलबार, ०३ माघ २०७९, ०७ : २३
आइतबार पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर परिसरमा प्रार्थना गरिएको छ ।
साथै, भैरहवाको देवकोटा र बुद्ध चोकमा मृतकहरूको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको छ ।