आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

सुदूरपश्चिम प्रदेशसभाको सभामुखमा भण्डारी निर्वाचित

मङ्गलबार, ०३ माघ २०७९, ११ : ३३
मङ्गलबार, ०३ माघ २०७९

कैलाली । सुदूरपश्चिम प्रदेशसभाको सभामुखमा भीम भण्डारी निर्वाचित भएका छन् । प्रदेशसभामा आज भएको मतदानमा भण्डारी २९ मतसहित निर्वाचित भएका हुन् । उनलाई सत्ता गठबन्धनमा रहेका एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र  नागरिक उन्मुक्तिका सांसदले मत दिएका थिए ।

उनका प्रतिस्पर्धी कांग्रेसका मानबहादुर रावलले २० मतमात्र प्राप्त गरे । प्रदेशसभाका ५३ सदस्यमध्ये मानबहादुर रावलको विपक्षमा २८ मत परेको थियो । रावललाई कांग्रेसको १८ र नेकपा एकीकृत समाजवादीका दुई सांसदले मत दिएका थिए । मतदानमा एकीकृत समाजवादीका चार सांसदमध्ये दुई जना अनुपस्थित रहे ।

सुदूरपश्चिम प्रदेशसभाले सभामुख पदका लागि तेस्रो पटक मतदान गरेको हो । यसअघि भएका दुई निर्वाचनमा कुनै पनि उम्मेदवारले प्रदेशसभाको बहुमत प्राप्त गर्न सकेका थिएनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप