आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इटालीको मोस्ट वान्टेड डन ३० वर्षपछि पक्राउ : मानिस खुसी हुँदै ताली बजाए, साक्षीका छोरालाई एसिडमा डुबाइदिएका थिए

मङ्गलबार, ०३ माघ २०७९, १२ : ०९
मङ्गलबार, ०३ माघ २०७९

इटालीका मोस्ट वान्टेड माफिया म्याटिओ मेसिना डिनेरो सोमबार सिसली सहरबाट पक्राउ परेका छन् । त्यहाँको प्रहरीले ३० वर्षदेखि उनको खोजी गरिरहेको थियो । यी खुङ्खार माफिया डनलाई पक्रन सुरक्षा बलका एक सय सिपाही तैनाथ गरिएको थियो । १० भन्दा बढी मानिसको हत्या गरेको अभियोगमा मेसिना डिनेरोलाई फिल्मी शैलीमा पक्राउ परेका छन् ।

पक्राउ पर्दा उनको स्थानीय अस्पतालमा क्यान्सरको उपचार भइरहेको थियो । प्रहरीले उनलाई समातेर बाहिर ल्याएपछि सडकमा गाडी लिएर उभिएका मानिसले ताली बजाउन थाले । मेसिना डिनेरोले एक पटक आफ्नो तारिफ गर्दै आफूले हत्या गरेर पूरा समाधि स्थललाई शवले भरिदिन सक्ने बताएका थिए ।

साक्षीका छोरालाई मारेर एसिडमा डुबाइदिए

डिनेरो इटलीमा सबैभन्दा खतरनाक माफिया कोसा नोस्तराका लागि काम गर्दथे । यो माफिया लागु औषध ओसारपसार, सम्पत्ति शुद्धीकरण जस्ता गैर कानुनी गतिविधिमा संलग्न रहेको छ । मेसिना डिनेरोलाई प्रहरी अधिकारीदेखि ११ वर्षीय बालकको हत्या गरेको आरोप पनि लगाइएको थियो । डिनेरोले सन् १९९३ मा आफू विरुद्ध साक्षी दिने एक व्यक्तिका छोरालाई अपहरण गरेका थिए । दुई वर्ष उनलाई कैदमा राखेपछि डिनेरोले उनको शवलाई एसिडमा फ्याँकेका थिए ।

डिनेराेलाई माफियाको गोप्य रक्षक मानिन्छ

सोमबार पूरै इटालीको नजर डिनेराेको गिरफ्तारीमा केन्द्रित थियो । वर्षौँदेखि सरकार उनलाई पक्राउ गर्न असफल रहेको थियो । उनलाई कब्जामा लिएपछि इटालीको माफियालाई ठुलो धक्का लागेको छ । बीबीसीका अनुसार मेसिना डिनेरोलाई कोसा नोस्ट्रा माफियाको गोप्य रक्षक भनिन्छ । प्रहरीले उनीबाट सबै रहस्य बाहिर निकाल्ने अपेक्षा गरिएको छ ।

पुलिसले भूलवश डिनेरोको साटो बन्दुक तेर्साएर फर्मुला वनका प्रशंसकलाई समात्यो

इटालियन प्रहरीले मेसिना डिनेरोलाई वर्षौँदेखि खोजिरहेको थियो । यसैका कारण  २००१ मा प्रहरीले उनको स्थानबारे जानकारी पायो । प्रहरी नेदरल्याण्डको जानकारी दिइएको स्थानमा पुग्यो त्यहाँबाट बन्दुक तेर्साएर एक व्यक्तिलाई पक्राउ गर्‍यो । पछि थाहा भयो कि उनी माफिया डन मेसिना नभई लिभरपुलमा बस्ने फर्मुला वनका प्रशंसक थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप