आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विमान दुर्घटनामा मृत्यु भएका २२ वटा शव परिवारलाई बुझाइयो

मङ्गलबार, ०३ माघ २०७९, १९ : ०७
मङ्गलबार, ०३ माघ २०७९

पोखरा । पोखरामा आइतबार भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा निधन भएका २२ जनाको शव आफन्तलाई बुझाइएको छ ।

भेटिएका ७० शवमध्ये ४८ जनाको शव मंगलबार बिहान काठमाडौं लगिएको हो । 

बाँकी रहेका २२ जनाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमै राखिएको थियो । पोखरामा राखिएका सबै शवको पोष्टमाटम गरेर परिवारलाई बुझाइएको अस्पतालका निर्देशक भरत खत्रीले बताए ।

‘अस्पतालमा २२ जनाकै पोष्टमाटम सकिएसँगै सबै परिवारलाई बुझाइएको छ । ३ परिवारले अस्पतालकै शव गृहमा राख्नुभएको छ । यसमध्ये २ वटा शव गण्डकी प्रदेश बाहिरको हुनुहुन्छ । यसकारण यहाँ नै राख्दिनु भन्नु भएको छ । एक जनाको श्रीमानको पनि शव पहिचानका नभइसकेकाले यहाँ नै राखिदिन अनुरोध गरेपछि यहाँ नै छ,’ खत्रीले भने । 

मंगलबार बेलुका मात्र सम्पर्कविहीन गरेका एक जनाको शव भेटिएको छ । त्यो शवलाई बुधवार मात्र पहिचानका प्रक्रिया अगाडि बढाउने खत्रीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप