सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पल शाहको सफाइपछि पूजाले भनिन्–अहिले खुसीको सीमै रहेन

मङ्गलबार, ०३ माघ २०७९, १९ : ३१
मङ्गलबार, ०३ माघ २०७९

काठमाडौंँ । अभिनेत्री पूजा शर्माले अभिनेता पल शाहको सफाइको खबरले आफ्नो खुसीको सिमै नरहेको बताएकी छन् । उनले सामाजिक संजालमा एक पोष्ट गर्दै आफू जहिले पनि पलको साथमा रहेको समेत उल्लेख गरेकी छन् ।

नाबालिका बलात्कारको आरोपमा पल पक्राउ परेपछि पल निर्दोष भएको भन्दै विभिन्न अभियान समेत सञ्चालन गरेकी पुजाले पलको सफाइमा एकदमै खुसी देखिएकी छन् ।

नाबालिका बलात्कारको आरोपमा अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको हो । मंगलबार जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको हो ।

एक बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ र नवलपरासी पूर्वमा शाहमाथि मुद्दा दायर भएको थियो । सोही मुद्दामा जिल्ला अदालत नवलपरासी पूर्वले भने शाहलाई बलात्कार मुद्दामा सफाइ दियो भने बालयौन दुरुपयोग आरोपमा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप