आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यती एयरलाइन्सले भन्यो– ७१ मध्ये ४९ जनाको शव काठमाडौं ल्याइयो, एक जनाको खोजी जारी

बुधबार, ०४ माघ २०७९, १२ : ४१
बुधबार, ०४ माघ २०७९

काठमाडौं । यती एयरलाइन्सले आइतबार पोखरामा भएको विमान दुर्घटनामा मृत्यु भएकामध्ये ७१ जनाको शव फेला परिसकेको र बाँकी एक जनाको खोजी तथा उद्धार कार्य जारी रहेको जनाएको छ । बुधबार एयरलाइन्सले दिएको जानकारी अनुसार शव फेला परेका ७१ मध्ये ४९ जनाको शव काठमाडौं ल्याइएको छ ।

मंगलबारसम्म ४८ जनाको शव काठमाडौं ल्याइएकोमा मंगलबार नै फेला परेको थप एक शवसमेत बुधबार काठमाडौं ल्याइ पोस्टमार्टम भइरहेको यती एयरलाइन्सले जनाएको हो । यसअघि २२ जनाको शव भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा शव पोस्टमार्टम गरी पोखरामै परिवारलाई हस्तान्तरण गरिएको यती एयरलाइन्सले जनाएको छ ।
yati

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप