आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

केएल राहुल र आथिया शेट्टी भन्दा अघि यी क्रिकेटर र फिल्म स्टारको जोडीकाे छ व्यापक चर्चा

मङ्गलबार, १० माघ २०७९, १६ : १३
मङ्गलबार, १० माघ २०७९

भारतीय क्रिकेटर केएल राहुल र बलिउड अभिनेत्री आथिया शेट्टीले २३ जनवरीमा विवाह गरेका छन् । अथियाका बुबा सुनिल शेट्टी विवाहपछि मिडियाको अगाडि आएर मिठाई बाँडे ।

मिडियासँग कुरा गर्दै सुनील शेट्टीले भने, ‘एउटा सानो कार्यक्रममा परिवारका नजिकका मानिसहरुको बीच निकै राम्रोसँग फेरा र विवाह भयो । म अब आधिकारिक रुपमा ससुरा बनेको छु ।’ उनले रिसेप्सन आइपीएलपछि हुनसक्ने बताएका छन् ।

केएल राहुलले आफ्नो इन्स्टाग्राममा लेखे, ‘तिम्रो प्रकाशमा मैले प्रेम गर्न सिकेँ ।’

‘आज हामीले आफ्ना आफन्तको बीचमा आफ्नै घरमा विवाह गर्‌याैँ, जहाँ हामीले असाध्यै खुसी र शान्ति पाएका छौँ । कृतज्ञताले भरिएको हृदयका साथ हामी तपाईंको मायाको लागि धन्यवाद भन्छौँ र हामीलाई यो यात्रामा अगाडि बढ्नका लागि तपाईंहरुसँग आशीर्वाद माग्छौँ ।’

उनीहरुको प्रेम र डेटिङको कथा लामो समयदेखि चर्चामा थियो र सामाजिक सञ्जालमा प्रायः दुईजनालाई मस्ती गरिरहेको देखिन्थे ।

तर, क्रिकेट र बलिउडबीचको यो प्रेम सम्बन्ध निकै पुरानो हो । भारतीय क्रिकेट टोलीको कप्तान रहेकी नवाब मन्सुर अली खान पटौदी र अभिनेत्री शर्मिला टैगोर लोकप्रिय जोडीमा पहिलो स्थानमा छन् ।

२७ डिसेम्बर १९६९ मा नवाब मन्सुर अली खान पटौदीको जन्ती चलचित्र अभिनेत्री शर्मिला टैगोरको घर पुगेको थियो । यी दुईको जोडी पनि निकै सफल रह्यो ।

यसपछि संगीता बिजलानी, गीता बसरा, हेजल कीच, सागरिका घटगे र अनुष्का शर्मा जस्ता धेरै अभिनेत्रीले क्रिकेटरसँग विवाह गरे ।

विराट कोहली र अनुष्का शर्माको जोडी भारतमा निकै चर्चित छ ।

विवाहअघि धेरै पटक झगडाको खबर पनि आयो र त्यसपछि ११ डिसेम्बर २०१७ मा यी दुईले नजिकका आफन्तका बीच इटालीमा विवाह गरे । अब उनीहरुका एउटी छोरी छिन् जसको नाम वामिका हो ।

yuvraj singhयुवराज सिंह–हेजल कीच

विराट–अनुष्काअघि डिसेम्बर २०१६ मा क्रिकेटर युवराज सिंहले मोडलबाट अभिनेत्री बनेकी हेजल कीचसँग सात फेरा लिएका थिए ।

एक टिभी कार्यक्रममा युवराजले आफूले तीन वर्षदेखि हेजललाई भेट्ने प्रयास गरेको तर हेजलले उनलाई ‘बाल’ नदिएको बताएका थिए । त्यसपछि उनीहरुका एक साथीलाई दुईलाई भेट गराएका थिए ।

दुवैले सन् २०१५ मा बालीमा इन्गेजमेन्ट गरेका थिए र डिसेम्बर २०१६ मा चण्डीगढबाट ४० किलोमिटर टाढाको गुरुद्वारामा विवाह गरे । गत वर्ष मात्रै दुवैले ओरियन कीच सिंह नामको छोरालाई जन्म दिएका थिए ।

zaheer khanजहिर खान – सागरिका घटगे

भारतीय टोलीका फास्ट बलर जहीर खानले सन् २०१७ मा फिल्म ‘चक–दे इन्डिया’ मा काम गरेकी अभिनेत्री सागरिका घाटगेसँग विवाह गरेका थिए ।

युवराज र हेजलको बिहेमा दुबै सँगै देखिएपछि उनीहरुको प्रेम सार्वजनिक भएको थियो ।

दुवैले अप्रिल २०१७ मा इन्गेजमेन्ट गरेका थिए । २३ नोभेम्बर २०१७ मा, यी दुई विवाह बन्धनमा बाँधिए ।

har bhajan singhहरभजन सिंह–गीता बसरा

भारतीय टोलीका उत्कृष्ट स्पिन बलर हरभजन सिंहले सन् २०१५ मा बलिउड अभिनेत्री तथा मोडल गीता बसरासँग धुमधामका साथ विवाह गरेका थिए ।

दुबैको भेट लण्डनमा भएको थियो । गीता बसराको जन्म पनि इंग्ल्याण्डमा भएको थियो ।

हरभजन सिंह र गीता बसराले एक टेलिभिजन कार्यक्रममा दुवैले विवाह अघि आठ वर्षसम्म एकअर्कालाई डेट गरेको बताए ।

अहिले दुबैको एउटी छोरी पनि छिन् ।

sangeeta bijlaniअजहरुद्दीन–संगीता बिजलानी

भारतकी पूर्व मिस इन्डिया संगीता बिजलानी र भारतीय क्रिकेट टोलीका पूर्व कप्तान तथा मोहम्मद अजहरुद्दीनको भेट १९९० को दशकको सुरुमा भएको थियो ।

अजहर पहिले नै विवाहित थिए र उनका दुई छोरा थिए । तर संगीताका लागि उनले सन् १९९६ मा पहिलो श्रीमतीसँग सम्बन्धविच्छेद गरेका थिए ।

सम्बन्ध चिसिएपछि सन् २०१० मा दुवै स्वेच्छाले अलग भएका थिए ।

sarmila tagoreनवाब पटौदी–शर्मिला टेगोर

शर्मिला टैगोर र मन्सुर अली खान पटौदीको प्रेम कहानी कुनै फिल्मभन्दा कम छैन । पटौदीका नवाबले शर्मिलालाई मनाउन धेरै पापड बेल्नुपरेको बताइन्छ ।

पटौदीले चार वर्षसम्म शर्मिलालाई पत्र लेखेर फूल पठाए । उनले शर्मिलालाई पेरिसको सडकमा प्रपोज गरे । त्यसपछि दुवैले सन् १९६९ मा विवाह गरेका थिए । सन् २०११ मा पटौदीको मृत्युसम्म यो जोडी सँगै रहे ।

उनका र शर्मिलाका तीन सन्तान छन्, जसमध्ये सैफ अली खान र सोहा अली खान पनि बलिउडमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप