आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

युक्रेन र फिनल्याण्डका राष्ट्रपतिबीच सुरक्षाबारे छलफल

बुधबार, ११ माघ २०७९, १२ : १९
बुधबार, ११ माघ २०७९

युक्रेन र फिनल्याण्डका राष्ट्रपतिका बीचमा मङ्गलबार भेटवार्ता भएको छ । उनीहरुका बीचमा युक्रेनको सुरक्षाका विषयमा कुराकानी भएको बताइएको छ ।

फिनल्याण्डका राष्ट्रपति साउदी निनिस्टो हाल युक्रेन भ्रमणका क्रममा राजधानी किभमा छन् । यसै क्रममा उनीहरुका बीचमा दुई पक्षका बीचमा भेटवार्ता भएको थियो र सो वार्ताका क्रममा खासगरी युक्रेनको सुरक्षाका विषयमा कुराकानी भएको थियो ।

त्यस भेटका क्रममा युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलिन्स्किीले युक्रेनलाई फिनल्याण्डले गर्दै आएको सैन्य तथा अन्य सहयोगका लागि धन्यवाद ज्ञापन गरेको समाचारमा जनाइएको छ ।

युक्रेनलाई युरोपियन युनियनले पनि सोमबार मात्र थप सैन्य सहयोग उपलब्ध गराएको थियो । सो सहयोग पचास  लाख युरोभन्दा पनि बढी रहेको बताइएको छ ।

सोमबार सो विषयमा युरोपियन युनियनले जानकारी दिएको थियो । यसअघि पनि युक्रेनलाई सहयोग दिँदै आएकामा युरोपियन युनियनका विदेश मन्त्रीहरुको बैठकपछि पचास लाख युरोभन्दा बढी सैन्य सहयोगको घोषणा युरोपियन युनियनले सोमबार गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप