आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
खेलकुद

सन्दीपको खेललाई राम्रोसँग बुझेर टिममा राखेको हुँ : प्रशिक्षक देसाई

सोमबार, २३ माघ २०७९, १५ : ४५
सोमबार, २३ माघ २०७९

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त प्रशिक्षकमा मोन्टी देसाईले सन्दीप लामिछानेको खेललाई राम्रोसँग बुझेर टिममा राखिएको प्रतिक्रिया दिएका छन् । सोमबार नियुक्त भएलगत्तै उनले सो प्रतिक्रिया दिएका हुन् । प्रशिक्षक देसाईले भने, ‘मैले सन्दीपको खेललाई राम्रोसँग बुझेर उनलाई टिममा राखेको हो । सन्दीपको केस बारेमा पनि बुझेको छु । उनी टिममा पर्छन् । उनी जस्तो खेलाडी टिमलाई खाँचो छ ।’ 

प्रशिक्षक देसाइले सन्दीप अहिले राम्रो तयारी गरिरहेको जानकारी समेत दिए । उनले आफूले प्रशिक्षकको जिम्मेवारी पाउँदा निकै खुसी लागेको समेत बताए । नेपालसँग आफ्नो २०२१ देखिकै सम्बन्ध रहेको बताउँद उनले भने, ‘आज मलाई प्रशिक्षकको जिम्मेवारी पाउँदा खुसी लागेको छ । मैले पाएको अवस  मेरो नेपालसँग २०१२ देखिको सम्बन्ध छ । नेपाल टिमसँग पनि राम्रो सम्बन्ध छ । मेरो सम्झौता क्यानसँग २ वर्षको छ, म त्यो भन्दा लामो सम्झौता बनाएर बस्न तयार छु ।’  

 नेपाल क्रिकेट संघ (क्यान)ले देसाईलाई सोमबार देसाईलाई राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा नियुक्त गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप