मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

संस्कृति जोगाउन नेवारी खाना महोत्सव गरिँदै

शनिबार, २८ माघ २०७९, ११ : १२
शनिबार, २८ माघ २०७९

पाल्पा । लोपोउन्मूख नेवारी संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले पाल्पामा नेवारी खाना महोत्सव हुने भएको छ । तानसेन वडा नं. २ को असन टोल विकास संस्था फाल्गुन ५ गते नेवारी भोजको आयोजना गरेको जनाएको छ ।

तानसेनमा संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिदैं लोपउन्मूख हुँदै गएको नेवारी संस्कृतिकोजगेर्नार पुस्तान्तरणको लागि नेवारी खाना महोत्सव गरिने भएको संस्थाका अध्यक्ष अनुजा बज्राचार्यले बताइन् ।

प्रतिव्यक्ति रु. ९०० को कुपन लिनुपर्ने खानामा २० भन्दा बढी प्रकारको परिकार रहने र करिब ३०० जना सहभागी रहने अध्यक्ष बज्राचार्यले उल्लेख गरिन् । खान महोत्सवबाट बचत भएको रकम संस्थाको विकासमा लगाउने संस्थाले जनाएको छ । खाना सालको टपरीमा राखी पलेटी कसेर नेवारी संस्कृति अनुसार मर्यादापूर्वक खुवाइने संस्थाकी सचिव सुनिता थैवले बताइन् ।

नेवारी संस्कृति लोप हुँदै गएको अवस्थामा यस नेवारी भोजले नेवारी संस्कृतिबारे अध्ययन गर्न समेत सहज हुने सल्लाहकार मदनलाल बज्राचार्य बताउँछन् । पहिले पनि यस्तो खालको मेला गरेको जनाउँदै संस्थाका पूर्व अध्यक्ष शकुन्तला बज्राचार्यले नेवारी परम्परा र नेवारी खानाको बारेमा जानकारीसहित सांस्कृतिक कार्यक्रम समेत गरिने उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप