आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सरकार पाँच वर्ष टिक्छ : मन्त्री यादव

शनिबार, २८ माघ २०७९, १३ : ३७
शनिबार, २८ माघ २०७९

रौतहट । मधेस प्रदेश सरकारका भौतिक  पूर्वाधर विकास मन्त्री सरोज यादवले यहि सरकार ५ वर्ष रहने बताएका छन् । शनिबार चन्द्रनिगाहपुरमा आयोजित नेकपा एमालेका अगुवा नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममालाई सम्बोधन गर्दै मन्त्र यादवले सो कुरा बताएका हुन् ।

मन्त्री यादवले अरु प्रदेशमा सत्ता गठबन्धनबीच कुनै बिषयमा  फरक पर्न सक्ने तर मधेसमा गठबन्धन  मिलेर ५ वर्ष सरकार चलाउने दावी गरे । मुख्यमन्त्रीसँग सहमति भएकाले सरकारको आयुमा कमी नहुने समेत मन्त्री यादवको भनाई थियो ।  

कार्यक्रममा मधेश प्रदेश सरकारका गृह तथा सञ्चार राज्यमन्त्री केशव राय चौधरीले जिल्लाको विकासका लागि जनतासँग दुःख सुखमा सधै साथमै रहने बताए । भेटघाट कार्यक्रममा चन्द्रपुर, बृन्दावन तथा गुजरा नगरपालिकाका नेकपा एमालेका अगुवा नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको एमाले मधेश प्रदेश कमिटीका उपसचिव आरती भण्डारीले जानकारी दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप