सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रेम दिवसको छेको पारेर गीति एल्बम ‘समय’ सार्वजनिक

शनिबार, २८ माघ २०७९, १७ : ०५
शनिबार, २८ माघ २०७९

काठमाडौँ । प्रेम दिवसको छेको पारेर प्राञ्जल पोखरेलको गीत ‘समय’ सार्वजनिक गरिएको छ । पोखरेलकै शब्द, संगीत रहेको गीतमा कमल रानाको एरेञ्ज छ । प्राञ्जललाई गायनमा गायिका वेनिशा पौडेलले साथ दिएकी छन् । गीतको भिडियोमा अनु आचार्य, अनेल पौडेल, आशिस कुमार केसी र गायक प्राञ्जलको अभिनय छ । भिडियोका निर्देशन गायक प्राञ्जलले नै निर्देशन गरेका हुन् ।

प्रेमीलाई प्रोपज गर्न तयार युवतीले अर्कै युवालाई प्रेम प्रपोज गरेपछि उत्पन्न समस्या भिडियोमा काको रुपमा देखाउन खोजिएको छ । योगेश शाक्यको छायांकन, सम्पादन रहेको भिडियो बुटवल, भैरहवा र लुम्बिनीका रमणीय स्थानमा छायाँकन भएको छ । ‘समय’ दर्शक श्रोताका लागि एउटा राम्रो गीत दिने उदेश्यले आफुले बनाएको गायक प्राञ्जलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप