आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राजनीतिक चलखेलका कारण कांग्रेस सरकारभन्दा बाहिर बस्न पर्‍यो : प्रवक्ता डा.महत

शनिबार, २८ माघ २०७९, २० : ५०
शनिबार, २८ माघ २०७९

नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले देशको विकास निर्माण कार्य अन्योलमा परेको बताएका छन् । सातौँ नुवाकोट महोत्सवलाई सम्बोधन गर्दै उनले आशा र भरोसाको साथ जनताले कांग्रेसलाई पहिलो पार्टीको रुपमा स्थापित गरे पनि राजनीतिक चलखेलको कारण सरकार बाहिर बस्न बाध्य भएको बताए । उक्त अन्योलताबाट मुक्ति दिलाउन कांग्रेसले प्रयत्न गरिरहेको उनको भनाइ छ ।

“देशको विकास निर्माण, सुशासनदेखि उत्पादनशील क्षेत्रमा लगानी गर्ने वातावरण अन्योलपूर्ण बनेको छ”, उनले भने, “देश विकासको लागि लोकतान्त्रिक मूल्य–मान्यता,  कानुनी शासनको सुनिश्चितता हुन आवश्यक छ । त्यसको नेतृत्व कांग्रेसले गर्नेछ ।”

जनता र देशको हित विपरित कार्य सरकारले गरेमा कांग्रेसले खबरदारी गर्ने उनको भनाइ छ । “कम्युनिष्ट पार्टी र उनीहरूले नेतृत्व गरेको सरकार प्रचारवाजी धेरै गर्ने र काम कम गर्ने प्रवृत्तिको छ । त्यस्ता प्रवृत्तिको हामी सधैँ खबरदारी गर्नेछौँ”, उनले भने ।

पर्यटकीय, ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक दृष्टिकोणले नुवाकोट भरिपूर्ण रहेकोले त्यसको प्रवद्र्धनको लागि आफू र आफ्नो पार्टी प्रतिबद्ध रहेको उनले बताए । समयसमयमा आयोजना हुने मेला महोत्सवले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुको साथै बजारको व्यवस्थापन गराउन विशेष भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ । 

‘धार्मिक ऐतिहासिक कला संस्कृतिको सम्वरद्धन, दीगो आर्थिक विकासको लागि व्यावसायिक प्रवद्र्धन’ भन्ने नारामा शुक्रबारदेखि सुरु भएको सातौँ नुवाकोट महोत्सव फागुन १० सम्म सञ्चालन हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप