सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सुरसङ्गीतका केही साधक पुस्तकको विमोचन

सोमबार, ०१ फागुन २०७९, १७ : ४०
सोमबार, ०१ फागुन २०७९

काठमाडौँ । साहित्य, चलचित्र र गीतसङ्गीतका अध्येता नीलकमलको सुरसङ्गीतका केही साधक नामक पुस्तक काठमाडौँमा सार्वजनिक भएको छ । 

वरिष्ठ सङ्गीतकार तथा नेपाल सङ्गीत नाट्य प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति नारायणभक्त श्रेष्ठ रायनको प्रमुख आतिथ्य र म्युजिक खबर डटकमको आयोजनामा भएको सो कार्यक्रममा प्राज्ञहरू नारायणभक्त श्रेष्ठ रायन, जगत्प्रसाद उपाध्याय प्रेक्षित, रमेश खनाल, ललितकला केन्द्रीय विभागका प्रमुख ध्रुवेशचन्द्र रेग्मी तथा नेपाल राष्ट्र बैँकका सञ्चालक समितिका सदस्य कवि तथा गीतकार चिन्तामणि शिवाकोटीले पुस्तक सार्वजनिक गरे । रायन, सावत्री श्रेष्ठ तथा ध्रुवेशचन्द्र रेग्मीले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रमको अन्तमा अमर स्वरहरू नामक १० वटा अमर स्रष्टाहरूको डिजिटल प्रस्तुति गरिएको थियो ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप