आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कुशलको अर्धशतक पूरा

मङ्गलबार, ०२ फागुन २०७९, १४ : ४२
मङ्गलबार, ०२ फागुन २०७९

काठमाडौं । कुशल भुर्तेलले आइसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नामिबियाविरुद्ध अर्धशतक बनाएका छन् ।

त्रिवि क्रिकेट मैदानमा नामिबियाले दिएको २८६ रनको लक्ष्य पछ्याएको नेपालका लागि कुशलले अर्धशतक पूरा गरेका छन् । ५१ बल खेलेका कुशलले ६ चौका र २ छक्को सहयोगमा ५० रन पूरा गरे ।

कुशलको एकदिवसीय अन्तर्राष्ट्रियमा यो चौथो अर्धशतक हो । कुशलको अर्धशतकसँगै नेपालले २२ ओभरको समाप्तिमा २ विकेट गुमाएर १२२ रन बनाएको छ ।

यसअघि पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २८५ रन बनाएको थियो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप