आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
खेलकुद

एकदिवसीय अन्तर्राष्ट्रियमा कुशलको पहिलो शतक

मङ्गलबार, ०२ फागुन २०७९, १६ : ४०
मङ्गलबार, ०२ फागुन २०७९

काठमाडौं । कुशल भुर्तेलले एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो शतक प्रहार गरेका छन् । 

आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रियमा नामिबियाविरुद्धको खेलमा शतक प्रहार गरेका हुन् ।

त्रिवि क्रिकेट मैदानमा नामिबियाले दिएको २८६ रनको लक्ष्य पछ्याएको नेपालका लागि कुशलले ९९ बल खेल्दै ९ चौका र ४ छक्काको सहयोगमा १०० रन बनाए ।

कुशल नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने चौथो खेलाडी बनेका छन् ।

यसअघि रोहितकुमार पौड्यल, पारस खड्का र दीपेन्द्र सिंह ऐरीले शतक प्रहार गरेका थिए । 

नेपालले ४१ ओभरको समाप्तिमा ५ विकेट गुमाएर २२९ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप