आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भैरहवा भन्सारको आम्दानी ३२ प्रतिशतले घट्यो

बुधबार, ०३ फागुन २०७९, १७ : ३४
बुधबार, ०३ फागुन २०७९

काठमाडौँ । अघिल्लो आर्थिक वर्षको तुलनामा यसवर्ष भैरहवा भन्सार कार्यालयको आम्दानी ३२.६ प्रतिशतले घट्न पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म भैरहवा भन्सार कार्यालयले जम्मा १ खर्ब १३ अर्ब ८२ करोड २० लाख ५ हजार रुपैयाँ बराबरको मात्र राजस्व उठाउन सफल भएको हो ।  अघिल्लो वर्षको सोही अवधिमा यस भन्सार कार्यालयले १ खर्ब ६८ अर्ब ९३ करोड ३० लाख रुपैयाँ भन्सार राजस्व उठाएको थियो । 

यता निर्याततर्फ भने समीक्षा अवधिमा ८.६ प्रतिशतले राजस्व वृद्धि गर्दै ४ अर्ब ३८ करोड ३ लाख ६ हजार रुपैयाँ संकलन गरेको बैंकले जनाएको छ ।  यस्तै, यता त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) भन्सार कार्यालयले समेत समीक्षा अवधिमा ३२.२ प्रतिशतले आम्दानी घटाउँदै ८४ अर्ब २ करोड १० लाख ४ हजार रुपैयाँ राजस्व उठाएको छ । अघिल्लो वर्षको सोही अवधिमा टीआईए भन्सार कार्यालयले १ खर्ब २३ अर्ब ९३ करोड ६० लाख ३ हजार रुपैयाँ राजस्व उठाएको थियो । 

सोही अवधिमा यता निर्याततर्फ भने टीआईएले ४.२ प्रतिशतले आम्दानी वृद्धि गर्दै १७ अर्ब ५० करोड ६० लाख ३ हजार रुपैयाँ उठाएको बैंकले जनाएको छ । 

कुन भन्सार कार्यालयको आम्दानीको अवस्था के छ ?
– विराटनगर भन्सार कार्यालय, ९२ अर्ब १० करोड ३० लाख २ हजार रुपैयाँ (–२०.४ प्रतिशत)
– वीरगञ्ज भन्सार कार्यालय, २ खर्ब ९५ अर्ब ६१ करोड ४० लाख २ हजार रुपैयाँ (–१५ प्रतिशत)
– ड्राइपोर्ट भन्सार कार्यालय, ९८ अर्ब ७५ करोड ८० लाख ७ हजार रुपैयाँ (–९.८ प्रतिशत)
– जलेश्वर भन्सार कार्यालय, ४ अर्ब १० करोड ३० लाख ४ हजार रुपैयाँ (–११.१ प्रतिशत)
– कैलाली भन्सार कार्यालय, १२ अर्ब ४० करोड १० लाख ४ हजार रुपैयाँ (–१०.४ प्रतिशत)
– कञ्चनपुर भन्सार कार्यालय, ६७ करोड १० लाख ६ हजार रुपैयाँ (–३४.६ प्रतिशत)
– कृष्णनगर भन्सार कार्यालय, ९ अर्ब ६१ करोड ९० लाख ३ हजार रुपैयाँ (–२७.१ प्रतिशत)
– मेची भन्सार कार्यालय, २३ अर्ब ७१ करोड ४० लाख ४ हजार रुपैयाँ (–२०.४ प्रतिशत)
–नेपालगञ्ज भन्सार कार्यालय, ३२ अर्ब ५७ करोड ६० लाख ६ हजार रुपैयाँ (–२२.२ प्रतिशत)
–रसुवा भन्सार कार्यालय, १३ अर्ब ३६ करोड ४० लाख ८ हजार रुपैयाँ (–११.६ प्रतिशत)
– तातोपानी भन्सार कार्यालय, ५ अर्ब ४७ करोड ८० लाख रुपैयाँ (–१६ प्रतिशत)
– अन्य, ६ अर्ब ४१ करोड ६ लाख ८ हजार रुपैयाँ (–१३.८ प्रतिशत)


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप