सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नागढुङ्गाबाट खैरो हेरोइनसहित एक पुरुष पक्राउ

बुधबार, ०३ फागुन २०७९, १७ : ५९
बुधबार, ०३ फागुन २०७९

काठमाडौँ  । प्रहरीले बुधवार काठमाडौँबाट लागुऔषध खैरो हेरोइनसहित एक पुरुषलाई पक्राउ गरेको छ । काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागुऔषध खैरो हेरोइन करिब ३ ग्राम सहित काठमाडौँ महानगरपालिका–२३ वसन्तपुर बस्ने ३५ वर्षीय अनिष बज्राचार्यलाई प्रहरीले पक्राउ गरेको हो ।

काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको प्र.१–०२–००१ ख ९५२६ नम्बरको बसमा चेकजाँच गर्ने क्रममा लागुऔषसहित बज्राचार्यलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका बज्राचार्यका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप