मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

निर्मल ज्योति क्वाटरफाइनलमा

बुधबार, ०३ फागुन २०७९, २३ : १८
बुधबार, ०३ फागुन २०७९

काठमाडौँ । निर्मल ज्योति सातौं अर्किड कप जुनियर ब्वाइज फुटबल प्रतियोगितामा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । काँडाघारीस्थित आयोजक अर्किड स्कुलको मैदानमा निर्मल ज्योतिले साम्तेनलाई १–० गोलले पराजित गर्यो । विजेताका निमा शेर्पाले निर्णायक गोल गरे ।

त्यस्तै माउन्ट सेब, कौतिल्य र डिफेन्डिङ च्याम्पियन नेक्सस इन्टरनेसनल एकेडेमी पनि क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे । माउन्ट सेबले विद्या विकासलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएको थियो ।

कौतिल्यले मोनास्टिकमाथि ३–० को सहज जित दर्ता गर्यो । कौतिल्यका पदमराज खड्का, दिलसन श्रेष्ठ र सन्देश राउतले १–१ गोल गरे । नेक्ससले टाइमलाइनलाई २–१ गोलले पाखा लगायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप