आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इभी लर्निङ सेन्टर र ब्याट्री मर्मत केन्द्रबारे टाटाको ब्रिफिङ

शुक्रबार, ०५ फागुन २०७९, २३ : ३४
शुक्रबार, ०५ फागुन २०७९

काठमाडौँ । टाटाको मोटर्स लिमिटेडको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले हालसालै आफ्नो इभी लर्निङ्ग सेन्टर र ब्याट्री मर्मत केन्द्रहरुको भ्रमण कार्यक्रमसम्पन्न गरेको छ । यस कार्यक्रममा संचारकर्मीहरुलाई थापाथली स्थित टाटाको सोरूमबाट यस ब्राण्डका विद्युतीय गाडी (इभी)  प्रयोग गरी  क्रमशः नैकाप एवं बागडोल पुर्याइएको थियो । नैकापमा सिप्रदीको इभी लर्निङ सेन्टर अवस्थित छ, जहाँ उनीहरुलाई  विद्युतीय गाडी संचालनको आधारभूत प्रक्रिया र प्रणालीबारे जानकारी गराइएको  थियो ।

कार्यक्रममा सहभागी पत्रकारहरुले यस सेन्टरमा मूलतः विद्युतीय गाडीको ब्याट्रीले विद्युतीय संचार  मार्फत कसरी कार्य गर्दछ भन्ने बारे जानकारी हासिल गरेका थिए । कुनै कारणवश ब्याट्रीमा समस्या देखा परेमा यसका निश्चित अवयवहरु जस्तै “मोडुल“ र “सेल“ परिवर्तन गरी यसको समाधान  अत्यन्त कम खर्चमा सहज तवरले गर्न सकिन्छ । यसबारे पनि विस्तृत जानकारी प्रदान गरिएको थियो । नेपाली अटोमोबाइल बजारमा यदि इभी ब्याट्री बिग्रिएमा मर्मत गर्न अत्यन्त खचिलो र झन्झटिलो हुने भ्रम रहेकोले उक्त भ्रम चिर्न यस्तो कार्यक्रमको आयोजना गरीएको  सिप्रदीले जनाएको छ ।  

त्यसैगरी, भ्रमण कार्यक्रममा सहभागी संचारकर्मीहरुलाई ललितपुरको बागडोलमा अवस्थित टाटाको “सर्भिस सेन्टर“को अवलोकन गराईएको थियो । अवलोकनको क्रममा विशेषतः इभीको मर्मत सम्भारको लागि प्रयोग गरिने प्राविधिक पक्षहरु बारे सूचित गारिएको थियो । यसको अतिरिक्त इभीको ब्याट्रीको समस्या कसरी निरुपण गरी समाधान गरिन्छ भन्नेबारे पनि जानकारी प्रदान गरिएको थियो ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप