सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘मिलिनियम किड्स इन्टरनेशनल’ मा एकसाथ ४ विजेता घोषित

शनिबार, ०६ फागुन २०७९, १५ : ०८
शनिबार, ०६ फागुन २०७९

काठमाडौँ । ‘मिलिनियम किड्स इन्टरनेशनल २०२३’मा एकसाथ ४ विजेता घोषित भएका छन् । जमलस्थित राष्ट्रिय नाचघरमा शुक्रबार अबेर साँझ सम्पन्न प्रतियोगितामा जुनियर    तथा सिनियर केटा र केटी गरेर एकसाथ ४ विजेता छानिएका हुन् । प्रतियोगितामा ‘मिलिनियम किड्स इन्टरनेशनल’ जुनियर केटातर्फ श्लोक अधिकारी शीर्ष विजेता घोषित हुँदा सिनियर केटातर्फ हर्ष शेखर शर्मा विजेता भए । प्रतियोगितामा जुनियर केटातर्फको फष्टरनरअप आशुतोस गौतम, सेकेन्ड रनरअफ एरिक महर्जन र थर्ड रनरअप थोमस चिनाल भए । जुनियर केटीतर्फ भने फष्ट रनरअप लावेन लिम्बु, सेकेन्ड रनरअफ श्रृजना प्रधान र थर्ड रनरअप रक्रिसा खड्का घोषित भए ।

त्यस्तै ‘मिलिनियम किड्स इन्टरनेशनल’ जुनियर केटीतर्फ अन्वेषा कालिकोटी विजेता चुनिदा सिनियर केटीतर्फ रिहाना महर्जनले शीर्ष उपाधि हात पारिन् । सिनियर केटीतर्फ फष्टरनरअप साहासिका श्रेष्ठ भइन् । रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको प्रतियोगिताको फाइनल स्पर्धामा रेखा शाह (गायिका), हरि कर्माचार्य (गायक), लियोन श्रेष्ठ (प्रिन्सिपल राजर्षी गुरुकुल स्कुल), रुपेश थापा (फेसन फोटो ग्राफर तथा भिडियो छायांकार), आशिष थापा (प्रमुख प्रशासक हिमालयन ह्वाइट हाउस स्कुल) सम्पूर्ण देवापाटे (माछापुच्छ्रे आइबी वल्र्ड स्कुलको प्रिन्सिपल तथा हेड अफ एकडेमिक) निर्णायक रहेका थिए ।

बालबालिकाको प्रतिभा निखार्दै उनीहरुलाई भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका प्रबन्ध निर्देशक, अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले बताए । फैजु विगत १३ वर्षभन्दा लामो समयदेखि गुणस्तरीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा आयोजना गर्दै आएका छन् । ७ वर्षदेखि १३ वर्षसम्मका विद्यालय अध्ययनरत बालबालिकाको सहभागिता रहेको प्रतियोगीको कोरियोग्राफी अन्तर्राष्ट्रिय फेसन कोच राज फैजु आफैंले गरेका थिए भने ड्रेस डिजाइन श्रीषा बैदार र रेश्मा श्रेष्ठले गरेकी हुन् । विजेता सबैले उपाधिका साथमा विभिन्न गिफ्ट र अवसर समेत प्राप्त  गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप