मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

टर्की भूकम्पमा परी फुटबलर क्रिस्चियन एत्सुको निधन

शनिबार, ०६ फागुन २०७९, १५ : ११
शनिबार, ०६ फागुन २०७९

अनकारा । टर्कीमा गएको भूकम्पमा परी घानाका फुटबलर क्रिस्टियन एत्सुको मृत्यु भएको छ । भूकम्प गएको करिब दुई सातापछि उनको शव भग्नावशेषमुनि भेटिएको हो । एत्सुका एजेन्टले उनको मृत्युको पुष्टि गरेका छन् । ३१ वर्षीय एत्सुले प्रिमियर लिगमा एभर्टन, चेल्सी र न्युक्यासल फुटबल क्लबबाट खेलिसकेका छन् । भूकम्पपछि उनी गत फेब्रुअरी ६ गतेदेखि बेपत्ता थिए । उनको अपार्टमेन्ट पनि भूकम्पमा भत्किएको थियो ।

क्रिस्चियन एत्सुको क्लब ह्याटेसपोरले सुरुमा उनलाई उद्धार गरिएको तर चोटपटक लागेको बताएको थियो। तर पछि क्लबले बयान परिवर्तन गरेको थियो। उनका एजेन्ट नाना सासियरले शनिबार ट्वीट गरेका छन्, ‘धेरै गहिरो दु:खका साथ आज बिहान क्रिस्चियन एत्सुको शव भेटिएको जानकारी गराउन चाहन्छु। उहाँको परिवारसँग मेरो समवेदना छ।’   एत्सु सेप्टेम्बर २०२२ मा ह्याटेसपोर क्लबमा आबद्ध भएका थिए भने ५ फेब्रुअरीमा सुपरलिगा खेलमा विजयी गोल गरेका थिए। दक्षिणी टर्की र उत्तरी सिरियामा गएको भूकम्पमा परी ४० हजारभन्दा बढीको मृत्यु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप