मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

अस्ट्रेलियाविरुद्ध भारतलाई २–० को अग्रता

आइतबार, ०७ फागुन २०७९, १४ : ४७
आइतबार, ०७ फागुन २०७९

नयाँ दिल्ली । अस्ट्रेलियाविरुद्धको दोस्रो टेस्टमा भारतले ६ विकेटको जीत हासिल गरेको छ । अस्ट्रेलियाले प्रस्तुत गरेको १ सय १५ रनको झिनो लक्ष्य भारतले मात्र ४ विकेटको क्षतिमा पछ्याएको हो । जीतसँगै भारतले ४ टेस्टको शृङ्खलामा २–० को अग्रता बनाउन सफल भएको छ । भारतलाई जीत दिलाउन कप्तान रोहित शर्मा र चेतेश्वर पुजाराले सर्वाधिक ३१–३१ रन बनाए । श्रीकार भारतले २३ तथा विराट कोहलीले २० रनको योगदान दिए । अस्ट्रेलियाका लागि नाथन लियोनले २ तथा टोड मर्फीले १ विकेट लिए ।

यसअघि एकै सेसनमा ९ विकेट गुमाएको अस्ट्रेलिया आफ्नो दोस्रो पारीमा मात्र ११३ रनमा अलआउट हुन पुगेको थियो । प्लेअर अफ द म्याच घोषित रवीन्द्र जडेजाले ७ तथा रवीचन्द्रन अश्विनले ३ विकेट लिएपछि अस्ट्रेलियाको पारी सस्तोमा समेटिएको थियो । अस्ट्रेलियाले पहिलो पारीमा २६३ रन बनाएको थियो भने भारतले आफ्नो पहिलो पारीमा २ सय ६२ रन बनाएको थियो ।  पहिलो टेस्टमा भारत एक इनिङ र १३२ रनको विशाल अन्तरले विजयी भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप