आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तस्बिरमा यस्तो देखियो रंगशालाको ‘नेभरल्याण्ड कन्सर्ट’

मङ्गलबार, ०९ फागुन २०७९, २१ : २०
मङ्गलबार, ०९ फागुन २०७९

काठमाडौँ । भारतीय चर्चित गायिका आस्था गिलले रंगशालमा दर्शक नचाएकी छन् । ग्याल्पो ल्होसारको अवसर पारेर मंगलबार साँझ आयोजित ‘नेभरल्याण्ड कन्सर्ट’मा उनले आफ्नो चर्चित गीत संगीतबाट दर्शक रिझाएकी हुन् ।

कार्यक्रममा गायिका गीलले ‘पानी पानी’, ‘कमरिया’, ‘अभि तो पार्टी सुरु हुई’ लगायत आधा दर्जन बढी गीत समेत रोखेकी थिइन् । उनको गीतसंगीतमा दर्शक उफ्रि उफ्रि नाचेका थिए ।

दर्शकले भरिभराउ कन्सर्टम गिलको अलवा सृष्टि तवाडे र नेपाली डान्स ग्रुप एभेरष्ट लगायतले प्रस्तुति दिएका छन् । अबेर रातीसम्म चल्ने कन्सर्टमा भारतीय चर्चित र्यापर किङ, डिभाइन लगायत थुप्रैले समेत प्रस्तुति राख्नेछन् ।

दर्शकका लागि बेग्लै किसिमको सांगीतिक माहोल मिलोस् भनेर राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकार समेटेर रंगशालामा कन्सर्ट आयोजना भएको हो । कन्सर्टले सांगीतिक पर्यटन बढाउने उद्देश्य आयोजक आइ लाइभ नेपालले लिएको छ । 

aastha-gillaastha-gill1aastha-gill2aastha-gill3aastha-gill4aastha-gill5aastha-gill6aastha-gill7aastha-gill8aastha-gill9aastha-gill10aastha-gill11aastha-gill12aastha-gill13aastha-gill14aastha-gill15aastha-gill16aastha-gill17

तस्बिर : सुवास श्रेष्ठ/रातोपाटी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप