मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

यू–१९ क्रिकेट टोलीको बिदाइ

बुधबार, १० फागुन २०७९, १३ : ०३
बुधबार, १० फागुन २०७९

काठमाडौँ । आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता खेल्ने नेपाली टोलीलाई बिदाइ गरिएको छ । यूएईमा आयोजना हुने प्रतियोगिता खेल्न जाने नेपाली टोलीको नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार बिदाइ गरेको हो ।

नेपाली टोली बुधबार नै त्यसतर्फ प्रस्थान गर्नेछ । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंक लाल घिसिङ, क्यानका अध्यक्ष चतुर बहादुर चन्द लगायत क्यानका पदाधिकारीले बिदाइ गरे ।

प्रतियोगिता फागुन १२ देखि यूएईमा सुरु हुनेछ । प्रतियोगितामा नेपालसहित सिंगापुर,कतार,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ । नेपालको पहिलो खेल २४ फेब्रुअरीमा सिंगापुरविरुद्ध रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप