सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पल भेट्न तनहुँ कारागार पुगिन् पूजा

बुधबार, १० फागुन २०७९, १३ : ३३
बुधबार, १० फागुन २०७९

काठमाडौँ । अभिनेत्री पूजा शर्मा तनहुँ कारागारमा पुगेकी छन् । यौन दुव्र्यवहारको मुद्दामा कारागारमा रहेका अभिनेता पल शाहलाई भेट्न उनी बुधबार निर्देशक शोमित बस्नेत सहित कारागार पुगेकी हुन् । बुधबार अभिनेता पल जन्मदिन पनि हो । सोही अवसर पारेर  जन्मदिनको शुभकामना दिन पुजा कारगार नै पुगेकी हुन् । कारागारमा पललाई जन्मदिनको शुभकामनाको अलवा केक काटेर सेलिब्रेसन समेत गरिएको निर्देशक शोभित बस्नेतले बताए ।

पल र पूजाले ‘म यस्तो गीत गाउँछु’, ‘म यस्तो गीत गाउँछु २’ र थुप्रै म्युजिक भिडियो खेलेका छन् । उनीहरु मिल्ने साथी समेत हुन् । पल करिब एकवर्ष अगाडि नाबालिग बलात्कारको आरोपमा कारागार पुगेका थिए । नवलपुर जिल्ला अदालतले नाबालिग बलात्कारको मुद्दामा पललाई बलत्कार ठहर नगरे पनि बाल यौन दुराचारको बिषयमा कैद सजाय सुनाएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप