सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सांसद असिम साहको प्रश्न : नागरिक एपमा भएको सवारी लाइसेन्स ट्राफिकले किन चिन्दैन ?

बुधबार, १० फागुन २०७९, १४ : ३७
बुधबार, १० फागुन २०७९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम साहले सरकारको एउटा अंगले मान्यता दिएको कुरा अर्को अंगले किन मान्यता नदिएको भन्दै प्रश्न उठाएका छन् । सरकारले जारी गरेको नागरिक एपमा रहेको ड्राइभिङ लाइसेन्सलाई प्रहरीले किन मान्यता नदिएको भन्दै प्रश्न उठाएका छन् । 

बुधबार प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै सांसद साहले भने,‘अहिले डेढ करोड नेपाली मोबाइल बैंकिङ प्रणालीमा जोडिएका छन् । नेपाल सरकारले केही समय अघि नागरिक एप लन्च गरेको थियो, जुन २१ लाखले डाउनलोड गरेका छन् । यो एपबाट सबै सेवा एक ठाउँमा लिन सकिन्छ । यसै एपमा एउटा सेक्सन छ, ड्राइभिङ लाइसेन्स । जहाँबाट लाइसेन्सको सफ्टकपि हेर्न मिल्छ । त्यहीँबाट कर तिर्न बाँकी रहेको वा नरहेको मज्जाले हेर्न मिल्छ । तर विडम्बना के छ भने सरकारले बनाएको यो एपलाई अर्को सरकारी कार्यालयले चिन्दैन ।’

सांसद साहले अगाडि भने,‘एकातिर सरकारले लाइसेन्स प्रिन्ट गर्न नसकेर नागरिकलाई सास्ती दिइरहेको छ भने अर्कोतिर अरबौं रुपैयाँ छपाइमा खर्च गरिहरेको छ । एउटा सरकारी निकायको समन्वय अर्को सरकारी निकायसँग हुन नसक्नुमा के ले रोकेको छ ? यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरीबीच समन्वय भएमा मात्र हामीले सफ्ट लाइसेन्स बोकेर हिँड्न सक्छौँ । यसतर्फ म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले सरकारी निकायहरुबीच समन्वय गरेर अघि बढ्नका लागि आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप