सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपालका पहिलो रक गायक माइक खड्काको निधन

बिहीबार, ११ फागुन २०७९, १२ : ५०
बिहीबार, ११ फागुन २०७९

नेपालका पहिलो रक गायक मुकुन्द कुमार खड्काको निधन भएको छ । उनलाई धेरैले माइक खड्का भनेर चिन्दछन् । उनको बिहीबार बिहान निधन भएको हो । उनी ६९ वर्षका थिए । 

मुकुन्द क्लासिक एफएमका संस्थापक निर्देशकसमेत हुन् । रेडियोकर्मी प्रकाश सायमीले मुकुन्दको निधनबारे कुरा गर्दै आज नेपाली संगीतको निम्ति ठूलो क्षतिको दिन भएको बताएका छन् । 

उनको अन्त्येष्टि आजै पशुपति आर्यघाटमा गरिँदै छ । उनकी श्रीमती र एक छोरा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप