आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

३४ अर्ब पूँजीसहित उदायो हिमालयन बैंक

शुक्रबार, १२ फागुन २०७९, ११ : ३८
शुक्रबार, १२ फागुन २०७९

काठमाडौँ । हिमालयन बैंक लिमिटेड ३४ अर्ब चुक्ता पूँजीसहित नयाँ आयाममा उदाएको छ । सिभिल बैंक लिमिटेडलाई प्राप्ति (एक्वायर) गर्दै हिमालयन बैंक थप बृहत बैंक बन्न सफल भएको हो ।  हिमालयन बैंक र सिभिल बैंकले आज (शुक्रबार) देखि एकीकृत कारोबारमा जाँदैछन् । 

१ः८०.२८ स्वाप रेसियोमा सिभिललाई एक्वायर गरेको हिमालयन बैंकको मर्जरपछिको चुक्ता पुँजी ३४ अर्ब रुपैयाँ पुगेको छ । यस्तै, कुल निक्षेप संकलन २ खर्ब ७४ अर्ब रुपैयाँ पुगेको छ भने बैंकको कुल कर्जा लगानी २ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ । मर्जर पश्चात बैंकको साखा सञ्जाल संख्या १८९ पुगेको छ । 

आजदेखि एकीकृत कारोबारमा जाँदै गरेका दुई बैंकलाई गत पुस २८ गते बसेको विशेष साधारण सभाले मर्जरमा जान स्वीकृत गरेको थियो । यसअघि नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरको लामो कसरत गरेको हिमालयन बैंकको मर्जर प्रक्रिया भाँडिएको थियो । राष्ट्र बैंकको दबाबका बीच अन्ततः हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेको छ ।

मर्जरपश्चात बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) हिमालयन बैंकका अशोक राणा बन्नेछन् भने सिभिल बैंकका सुनिल पोखरेल वरिष्ठ प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) बन्नेछन् ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप