सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आईसीसी यू-१९ विश्वकप एसिया छनोट : नेपालको विजयी सुरुवात

शुक्रबार, १२ फागुन २०७९, १८ : ५२
शुक्रबार, १२ फागुन २०७९

काठमाडौँ । नेपालले यूएईमा जारी आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

शुक्रबार भएको पहिलो खेलमा सिंगापुरलाई ९६ रनले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो ।

नेपालले दिएको २६२ रनको लक्ष्य पछ्याएको सिंगापुरले ५० ओभरमा ७ विकेटको गुमाउँदै १६५ रन  बनायो । 

सिंगापुरका लागि आर्यन मोदीले ५८ रनको अर्धशतकिय पारी खेले । त्यस्तै सिद्धान्त श्रीकान्तले ४४ रन बनाए ।

बलिङतर्फ नेपालका हेमन्त धामी र सुवास भण्डारीले २-२ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २६१ रन बनाएको थियो । 

नेपालका लागि आकाश त्रिपाठी र विशालविक्रम केसीको अर्धशतकीय पारी खेले । 

आकाशले ७८ रनको अर्धशतकिय पारी खेल्दा  विशालले ५४ ६३ रनको योगदान गरे । त्यस्तै कप्तान देव खनाल २१ रन जोड्दा दीपक बोहरा ‘बी’ ले १७ रन बनाए । 

छनोट प्रतियोगितामा नेपालसहित घरेलु टिम युएई, हङकङ, कुवेत, मलेसिया र सिंगापुर गरी ६ टिमबीच प्रतिस्पर्धा हुँदैछ ।

नेपालले अब फागुन १३ गते कुवेतविरुद्ध खेल्नेछ भने फागुन १५ गते हङकङसँग खेल्नेछ। 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप