सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कुवेतविरुद्ध अर्जुनको शतक

शनिबार, १३ फागुन २०७९, १४ : ००
शनिबार, १३ फागुन २०७९

काठमाडौँ । अर्जुन कुमालले आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता अन्तर्गत कुवेतविरुद्धको खेलमा शतक प्रहार गरेका छन् ।

अर्जुनले १०९ बलमा आफ्नो शतक पूरा गरेका हुन् । अर्जुनले ११२ बलमा १२ चौका प्रहार गर्दै १०८ रन बनाएर आउट भए ।

अहिले नेपालका लागि कप्तान देव खनाल शतकतर्फ उन्मुख छन् । ४२ ओभरको खेल सकिँदा उनले ९३ रन बनाएका छन् ।

नेपालले ९२ ओभरको समाप्तिमा ४ विकेट गुमाएर २६९ रन बनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप