सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कुवेतविरुद्ध कप्तान देव खनालको शतक

शनिबार, १३ फागुन २०७९, १४ : १४
शनिबार, १३ फागुन २०७९

काठमाडौँ । नेपालका कप्तान देव खनालले आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट अन्तर्गत कुवेतविरुद्धको खेलमा शतक प्रहार गरेका छन् । टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालका  लागि देवले १०५ बलमा ८ चौका र १ छक्काको सहयोगमा शतक पूरा गरेका हुन् ।

नेपालले ४५ ओभरको अन्त्यमा ५ विकेट गुमाएर २९७ रन बनाएको छ । यसअघि अर्जुन कुमालले १०८ रनको शतकीय पारी खेलेर आउट भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप