सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

देव र अर्जुनको शतकमा नेपालले कुवेतलाई दियो ३४४ रनको लक्ष्य

शनिबार, १३ फागुन २०७९, १४ : ३९
शनिबार, १३ फागुन २०७९

अर्जुन कुमाल र देव खनालको शतकको सहयोगमा नेपालले आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता अन्तर्गत कुवेतलाई ३४४ रनको लक्ष्य दिएको छ ।

मालेक क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३४३ रन बनायो ।

नेपालका लागि देव खनालले नट आउट १२५ रनको शतकीय पारी खेले । ११७ बल खेलेका उनले ९ चौका र ३ छक्का प्रहार गरे ।

त्यस्तै अर्जुन कुमालले १०८ रनको शतकीय पारी खेले । ११२ बल खेलेका उनले १२ चौका प्रहार गरे ।

विशाल विक्रम केसीले २३ रन बनाउँदा दीपक बोहराले १९ रनको योगदान गरे ।

यता कुवेतका लागि हेनरी थोमस र अर्श साहिलले दुई विकेट लिए । आजको खेलमा नेपाल लगातार दोस्रो जित निकाल्ने योजनामा छ । पहिलो खेलमा नेपालले सिंगापुरलाई हराएको थियो ।

कुवेत भने पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा कुवेत हङकङसँग पराजित भएको थियो ।

प्रतियोगितामा नेपालसहित सिंगापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागिता रहेको छ ।

नेपालले तेस्रो खेल हङकङविरुद्ध २७ तारिखमा खेल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप