आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकी र्‌यापर आर केली चाइल्ड पोर्नोग्राफीमा दोषी ठहर, २० वर्षको जेल सजाय

शनिबार, १३ फागुन २०७९, १५ : ३३
शनिबार, १३ फागुन २०७९

अमेरिकी सङ्गीत उद्योगका चर्चित गायक आर. केलीलाई शिकागोको सङ्घीय अदालतले बाल यौन अपराधमा २० वर्षको जेल सजाय सुनाएको छ । ५६ वर्षीय गायक रोबर्ट सिल्भेस्टर केलीविरुद्ध सन् २०१९ मा दायर गरिएका १३ आरोपमध्ये ६ मा दोषी ठहर गरियो । यी आरोपमा नाबालिगलाई यौन क्रियाकलापमा संलग्न गराएको तीन मुद्दा र यौन सम्बन्ध बनाएको तीन मुद्दा समावेश थिए ।

गायकमाथि लागेको आरोपको सुनुवाइमा, उनले आफ्नी तत्कालीन १४ वर्षीय छोरीको यौन शोषणका तीन भिडियो बनाएको न्यायाधिसले पाए । केलीले यी १४ वर्षीयलाई छोरी बनाएका थिए । केलीले यसअघि आफ्नी छोरीलाई दुर्व्यवहार गरेको र नाबालिगहरूलाई यौन सम्पर्क गर्न प्रलोभन देखाएको मुद्दामा सफाइ पाएका थिए । 

केली पहिले नै धोखा धडी र यौन तस्करीको आरोपमा ३० वर्षको जेल सजाय भोग्दै छन्, जुन उनलाई सन् २०२१ मा सुनाइएको थियो । अभिआयोजकहरूले केलीलाई ३० वर्षको जेल सजाय पुरा भएपछि २५ वर्षको थप सजाय दिइनुपर्ने बताएका थिए तर न्यायाधिसले यी दुवै सजाय सँगसँगै हुने बताए । यस्तोमा केली जन्मकैदको सजायबाट बचेका छन् । यद्यपि, उनले अझै ३१ वर्ष जेलमा बिताउनुपर्नेछ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप