मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी यू–१९ पुरुष विश्वकप

नेपालको लगातार दोस्रो जित

शनिबार, १३ फागुन २०७९, १७ : ५९
शनिबार, १३ फागुन २०७९

काठमाडौँ ।  नेपालले आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको छ । शनिबार भएको दोस्रो खेलमा नेपालले कुवेतलाई २४३ रनको फराकिलो अन्तरले हराएको हो ।

यूएईस्थित मलिका क्रिकेट मैदानमा नेपालले दिएको ३४४ रनको लक्ष्य पछ्याएको कुवेतले ३० ओभर ५ बलमा अलआउट हुँदै १०० रन मात्र बनायो । कुवेतका लागि जुधा सालधानाले सर्वाधिक २६ रन बनाय । त्यस्तै रसिन मोहमदले १९ रन बनाउँदा किसोरी भाइ हिन्सु १६ रन बनाए ।

नेपालका लागि आकाश चन्दले सर्वाधिक ६ विकेट लिए । त्यस्तै हेमन्त धामी र दिपेश कंडेलले समान २÷२ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर ३४३ रन बनाएको थियो ।

नेपालका लागि ओपनर अर्जुन कुमाल र कप्तान देव खनालले सानदार शतक प्रहार गरेका थिए । कप्तान खनालले १२५ रन बनाए । त्यस्तै ओपनर अर्जुन कुमालले १०८ रन बनाए । त्यस्तै विशाल बिक्रम केसीले २३ रन बनाउँदा दिपक डुम्रेले २० रन बनाए ।

कुवेतका हेनरी थोमसले र सहिल काज्मीले समान दुई–दुई विकेट लिए । प्रतियोगितामा नेपालसहित सिंगापुर,कुबेत,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागिता रहेको छ ।

नेपालले अब सोमबार तेस्रो खेलमा हङकङविरुद्ध खेल्नेछ । राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप