मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

रियल बराबरीमा रोकिँदा बार्सिलोनालाई सहज

आइतबार, १४ फागुन २०७९, ११ : १४
आइतबार, १४ फागुन २०७९

काठमाडौँ । रियल मड्रिड स्पेनिस ला लिगा फुटबल अन्तर्गत एट्लेटिको मड्रिडसँग खेलमा बराबरीमा रोकिँदा बार्सिलोनालाई फाइदा भएको छ । शनिवार राति भएको खेलमा रियलले एट्लेटिकोसँग १–१ गोलको बराबरी खेल्दा बार्सिलोनालाई फाइदा भएको हो ।

घरेलु मैदानमा रियल १–० गोलले पछि भएको अवस्थामा १० खेलाडीमा समेटिएको एट्लेटिकोविरुद्ध एक गोल फर्काउँदै हारबाट जोगियो । पहिलो हाफ गोलरहित बराबरी खेलेका दुई टोलीहरूले दोस्रो हाफमा गोल गरेका हुन् । खेलको ६४ औँ मिनेटमा एन्जल कोरेयराले रातो कार्ड खाँदै मैदान बाहिरिँदा एट्लेटिकोका १० खेलाडीमा समेटिएको थियो ।

खेलको ७८ औँ मिनेटमा जोसे मारिया गिमेन्जले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । खेलको ८५ औँ मिनेटमा आल्भारोले गोल गर्दै टिमलाई हारबाट जोगाएका हुन् । बराबरीसँगै रियलले २३ खेलबाट ५२ अङ्क जोडेर तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको बार्सिलोनाले एक खेल कम खेलेर ५९ अङ्क जोडेको छ ।

पराजित एट्लेटिको ४२ अङ्क जोडेर तालिकाको चौथो स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप