मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

यू–१९ विश्वकप एसिया छनोट : हङकङविरुद्ध नेपाल बलिङमा

सोमबार, १५ फागुन २०७९, ११ : १८
सोमबार, १५ फागुन २०७९

काठमाडौँ । आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता अन्तर्गत हङकङविरुद्ध नेपालले सुरुआतमा बलिङ गर्ने भएको छ । मालेक क्रिकेट मैदानमा हङकङले टसर ब्याटिङ रोजे पछि नेपालले सुरुआतमा बलिङ गर्ने भएको छ । आजको खेलमा नेपाल सहज जित निकाल्ने योजनामा छ । यसअघिको दुई खेलमा नेपालले जित निकालेको थियो ।

आजको खेलमा पनि सहज जित निकाल्ने योजनामा छ । नेपालले पहिलो खेलमा शुक्रबार सिंगापुर हराउँदा दोस्रो खेलमा शनिबार कुवेतलाई हराएको थियो । प्रतियोगितामा नेपालसहित सिंगापुर,कुबेत,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ । चौथो खेलमा २८ तारिख मंगलबार मलेसियाको सामना गर्ने छ ।

राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप