मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी विश्वकप लिग–२

नेपालले पीएनजीविरुद्ध सुरुवातमा बलिङ गर्ने, प्रतिशको डेब्यू

सोमबार, १५ फागुन २०७९, ११ : २९
सोमबार, १५ फागुन २०७९

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध पहिले बलिङ गर्ने भएको छ । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जितेर बलिङ रोजेको हो । पीएनजीले केही बेरमा नेपालविरुद्ध ब्याटिङ थाल्नेछ । नेपालले आजको खेलमा एक खेलाडीलाई डेब्यू गराएको छ । नेपालका प्रतिश जिसीले डेब्यू गरेका छन् ।

आजको खेमला सहज जित निकाल्दै नेपाल सिरिजमा सुखद सुरुवात गर्ने योजनामा छ । नेपालको यो सिरिजको प्रदर्शनले एकदिवसीय मान्यता र विश्वकप छनोट खेल्ने निर्धारण गर्नेछ ।

नेपालको प्लेइङ ११ :
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, कुशल मल्ल, गुलशन झा, आरिफ शेख र प्रतिश जि.सी ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप