आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जापानले अमेरिकासँग ४०० टोमाहक क्षेप्यास्त्र खरिद गर्दैछ : प्रधानमन्त्री किशिदा

सोमबार, १५ फागुन २०७९, १४ : ४३
सोमबार, १५ फागुन २०७९

टोकियो । जापानका प्रधानमन्त्री फुमियो किशिदाले जापानले संयुक्त राज्य अमेरिकाबाट ४०० वटा टोमाहक क्षेप्यास्त्र खरिद गर्ने बताएका छन् । “हाम्रो देशको योजना ४०० युनिट क्रुज क्षेप्यास्त्र खरिद गर्ने हो,” किशिदाले तल्लो सदनको बजेट समितिलाई बताए । यसै महिनाको सुरुमा जापानी रक्षामन्त्रीले जापानले आगामी आर्थिक वर्षमा क्षेप्यास्त्र खरिदका लागि २११.३ अर्ब येन (१.५ अर्ब अमेरिकी डलर बराबर) छुट्याएको बताएका थिए । 

चीनको बढ्दो सैन्य प्रभाव र आणविक शक्ति सम्पन्न उत्तर कोरियाको अप्रत्याशित क्षेप्यास्त्र परीक्षणको सामना गर्न किशिदा प्रशासनले जापानको प्रतिरक्षा क्षमता नाटकीय रूपमा विस्तार गर्न चाहन्छ । रूसले युक्रेनमाथि गरेको आक्रमण र चीनले ताइवानमाथि कब्जा जमाउन सक्ने आशङ्काबीच जापानको यो निर्ण सार्वजनिक भएको हो । 

जापानसँग युद्धपछिको शान्तिवादी संविधान छ, जसले उसको सैन्य क्षमतालाई रक्षात्मक उपायहरूमा सीमित गर्दछ । तर गत वर्ष प्रमुख सुरक्षा र प्रतिरक्षा नीतिहरू अद्यावधिक गर्दै चीनले खडा गरेको चुनौतीलाई देखाउँदै जापानले सन् २०२७ सम्ममा कूल गार्हस्थ्य उत्पादनको दुई प्रतिशतको नेटोको मापदण्डमा रक्षा खर्च दोब्बर बनाउने लक्ष्य राखेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप