आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इटहरी उपमहानगरले २ हजार विपन्न परिवारको निःशुल्क बीमा गरिदिने

मङ्गलबार, १६ फागुन २०७९, १६ : ४५
मङ्गलबार, १६ फागुन २०७९

इटहरी । इटहरी उपमहानगरपालिकाले आफ्नो नगरका २ हजार अति विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । उपमहानगरले अति विपन्न परिवारलाई नेपाल सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउने भएको हो । 

जस अनुसार अधिकांशको निःशुल्क बीमा पाइसेकेका छन् ।

इटहरीमा हेमकर्ण पौडेल मेयर निर्वाचित भए सँगै सबैका लागि सधैका लागि स्वास्थ्य भन्ने नारालाई अवलम्बन गर्दै स्वास्थ्यमा नगरबासीको पहुँच वृद्धि गर्दै लैजाने नीति तथा कार्यक्रम अन्तरगत बीमा कार्यक्रम सुरु गरेको हो । अहिले वडाको ९० जना अति विपन्न परिवारको तथ्याङ्क संकलन गरी बीमा कार्यक्रम सुरु गरिएको हो । 

साधारण स्वास्थ्य समस्याको उपचारमा समेत पहुँच नभएका अति विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गराउने निर्णय गरेको नगर प्रमुख हेमकर्ण पौडेलले बताए । 

मेयर पौडेलका अनुसार नगरभित्रका अति विपन्न परिवारले उक्त निःशुल्क स्वास्थ्य बीमा पाउन वडाबाट सिफारिस भएर आउनु पर्ने छ । 

मेयर पौडेल भन्छन् यहाँका धेरै विपन्न नागरिकले स्वास्थ्य बीमा गरेका छैनन् । जसका कारण औषधि उपचार गर्न निकै असहज बनिरहेको थियो। अब स्वास्थ्य बीमा कार्ड लिएर स्वास्थ्य सेवा लिनेछन्। बर्षौ देखि लुकाएर राखेको रोगको जाँच तथा उपचार गर्न मद्दत मिल्नेछ । 

भवितव्य रूपमा आइपर्ने आर्थिक संकटलाई समाधान गर्ने भएकोले नगरभित्रका गरिब तथा विपन्नहरूको निःशुल्क बीमा कार्यक्रम सञ्चालनमा ल्याएको मेयर पौडेलले बताए । विशेषतः आर्थिक रूपमा कमजोर भएका घरपरिवार बीमाको सेवाबाट टाढा रहेका छन् । तीनै घरपरिवारलाई मध्यनजर गर्दै आफ्नो घोषणापत्रमा अनुरूप स्वास्थ्य बीमा सञ्चालनमा ल्याएको उनको भनाई छ । 

अति विपन्न, दलित, एकल महिला, अति अशक्त र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क बीमा भनिएको छ । वडा कार्यालयसँगको समन्वयमा घरबाटै बीमामा आबद्ध हुने व्यवस्था गरिएको इटहरी उपमहानगरले जनाएको छ । बीमाकर्ताहरुको समन्वयमा घरमै पुगेर पाँच जना सम्मको परिवारको लागि ३५ सय रुपैयाँ तिरेर बीमा गर्ने गरेको इटहरी उपमहानगरपालिकाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप