सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

शहीद स्मारक ए डिभिजन लिगको टिकट इसेवामार्फत काट्न सकिने

बुधबार, १७ फागुन २०७९, १९ : ०२
बुधबार, १७ फागुन २०७९

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिगको मार्केटिङ, ब्रोडकास्टिङ र टिकेटिङको जिम्मा पाएको एमडीएसी स्पोर्ट्सले टिकेटिङ पार्टनरको रुपमा इसेवासँग सम्झौता गरेको छ । 

दर्शकले फागुन १९ गतेदेखि सुरु हुने ए डिभिजन लिगको टिकट इसेवा मार्फत अनलाइन खरिद गर्न सक्नेछन् । दर्शकले इसेवाको एप डाउनलोड गरी वा इसेवाको वेबसाइटबाट सामान्य पाराफिटतर्फको रु. १०० र भीआईपी पाराफिटतर्फ रु ३०० रुपैयाँमा टिकट खरिद गर्न सक्नेछन् । 

दशरथ रंगशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स सातदोबाटो गरी ३ वटा रंगशालामा हुने १८२ खेलको सबै टिकट इसेवामा उपलब्ध हुने एमडीएसी स्पोर्ट्सका कार्यकारी अधिकृत अर्जुन घिमिरेले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप