सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

डब्लूपीएलमा हरमनप्रितले मुम्बईको नेतृत्व गर्ने

बिहीबार, १८ फागुन २०७९, १० : ०६
बिहीबार, १८ फागुन २०७९

मुम्बई । भारतीय महिला क्रिकेट टोलीकी कप्तान हरमनप्रित कौरले पहिलो महिला प्रिमियर लिगमा मुम्बई ईन्डियन्सको नेतृत्व गर्ने भएकी छन् । प्रतियोगिता मार्च ४ बाट मुम्बईमा सुरु हुँदैछ ।

मुम्बईले खरिद गरेको सबैभन्दा महँगो खेलाडीमा हरमनप्रित नपरे पनि उनले नै टोलीको नेतृत्व गर्ने अपेक्षा गरिएको थियो । उनको टोलीमा नाट स्काइभर ब्रन्ट, हेली म्याथ्युज र अमेलिया केरजस्ता चर्चित अन्तर्राष्ट्रिय खेलाडी समावेश रहेका छन् ।

मुम्बईले हरमनप्रितलाई १.८ करोड भारुमा खरिद गरेको थियो भने सबैभन्दा महँगोमा स्काइभरलाई ३.२ करोड र पूजा भास्ट्राकरलाई १.९ करोड भारुमा खरिद गरेको थियो । हरमनप्रितको नेतृत्वमा भारत पछिल्ला तीन टी२० विश्वकपको नकआउटमा पुगेको छ । सन् २०२० मा अस्ट्रेलियामा भएको विश्वकपमा टोली फाइनलसम्म पुगेको थियो ।

गत महिना दक्षिण अफ्रिकामा भएको विश्वकपमा भारत च्याम्पियन बनेको अस्ट्रेलियासँग सेमिफाइनलमा ५ रनले पराजित भएको थियो । अन्तर्राष्ट्रिय टी२० मा १५० खेल खेल्ने उनी एक्लो खेलाडी (महिला पुरुष दुवैमा) हुन् । उनीपछि भारतकै रोहित शर्माले १४८ खेल खेलेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप