मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय
क्रिकेट

यूएईलाई हराउँदै नेपाल यू–१९ विश्वकपमा

बिहीबार, १८ फागुन २०७९, २२ : २०
बिहीबार, १८ फागुन २०७९

काठमाडौँ । नेपाली यू–१९ क्रिकेट टोली विश्वकपमा छनोट भएको छ ।  बिहीबार भएको खेलमा यूएईलाई ६ रनले हराउँदै नेपाल सन् २०२४ मा श्रीलंकामा हुने विश्वकपमा छनोट भएको हो ।

नेपालले जितको लागि दिएको १९२ रनको विजयी लक्ष्य पछ्याएको युएईले ४८ ओभरमा १८५ रनमा अल आउट भयो । नेपालका बलर दीपेश कँडेलले ४७ औं ओभरमा तीन विकेट लिँदै नेपाललाई जित दिलाएका हुन् ।  युएईका इथान डी सोल्झाले सर्वाधिक ५० रन बनाए । त्यस्तै अर्यान्श शर्मा ३२ रन बनाए ।

नेपालका लागि दिपेश कँडेलले पाँच विकेट लिँदा सुवास भण्डारी र हेमन्त धामीले दुई–दुई विकेट लिए । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४८ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै १९१ रन बनाएको थियो । नेपालका लागि कप्तान देव खनालले ५१ रनको अर्धशतकीय पारी खेले । देवले ८४ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे ।

त्यस्तै विशाल विक्रम केसीले ३८ रन बनाउँदा उत्तम मगरले ३६ रनको योगदान गरे । नेपालका लागि दिपेश कँडेलले १५ रन बनाउँदा हेमन्त धामी १३ तथा मिलन बोहोराले १० रनको योगदान गरे । बलिङतर्फ यूएईका लागि धुरुव प्रशारनले तीन विकेट लिए । त्यस्तै हरित हरिस सेट्टी र आर्यान आफिज खानले दुई–दुई विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप